काठमाडौं विश्वविद्यालयमा घाँस काट्ने जागिरको अवसर

by | साउन १५, २०८२

काठमाडौं विश्वविद्यालयमा घाँस काट्ने जागिरको अवसर

काठमाडौं विश्वविद्यालयमा घाँस काट्ने जागिरको लागि आवेदन माग भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले विश्वविद्यालयबाट घाँस काट्ने जागिरको लागि कर्मचारी माग भएको बताए ।

वडा कार्यालयले सुचना नै प्रकाशन गरेर काठमाडौं विश्वविद्यालयमा घाँस काट्ने जागिरका लागि इच्छुकलाई नाम दर्ता गराउन आग्रह गरेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ४ मा स्थायी बसोबास गर्ने इच्छुक नागरिकले आफ्नो नाम दर्ता गराउनको लागि नागरिकताको फोटोकपी र बसाँईसराई प्रमाणपत्रको फोटोकपी सहित उपस्थित हुन सुचनामा भनिएको छ ।