राष्ट्रिकामा घिमिरेको नेतृत्वमा नयाँ समिति चयन
काठमाडौं। राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारण सभाले ऋषभ देव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
राजधानीमा विहिबार आयोजित साधारण सभामा प्रतिष्ठानको उपाध्यक्षमा डा।शान्तिमाया गिरी,महासचिव मधु पाठक,सचिव सुमन घिमिरे,कोषाध्यक्षमा हरिवोल ढकाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा सुष्मा आचार्य, छविरमण सिलवाल,डा सृजना शर्मा र प्रदीप सापकोटा चयन भए।
साधारण सभामा संस्कृति संवाद समेत आयोजना गरिएको थियो । यस संवाद कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. पुरुषोत्तम दाहालले साहित्यलाई संस्कृतिसँग जोड्नु आजको आवश्यकता भएको बताए । उनले असार पन्ध्रको सन्दर्भलाई समेत जोडेर राष्ट्रिकाले कार्यक्रम गरेकोमा खुशी व्यक्त गरे । यसैगरी अर्का बक्ता वरिष्ठ साहित्यकार नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले संस्कृतिको जगेर्ना गर्न जरुरी भैसकेको बताउँदै नयाँ पुस्तालाई समेत साहित्यमा आकर्षित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक,प्रा.डा.जीवन अधिकारी,चिनिमायाँ माझी लगायतले शुभकामना मन्तव्य राखे । मधु पाठकले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता ऋषभ देव घिमिरेले गरेका थिए । कार्यक्रममा आर्थिक तथा प्रगति प्रतिवेदन समेत पास गरिएको थियो ।






