नेपाल भाषा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण
बनेपा/ नेवाः मिसा दबुको आयोजनामा सञ्चालन गरिएको नेपाल भाषा तालिमको प्रमाण पत्र वितरण गरिएको छ ।
२०८१ पुष २३ देखी माघ ३ सम्म महिलाहरुलाई र २०८२ असार २७ देखी साउन १ सम्म बच्चाहरुका लागी नेपाल भाषा सम्बन्धी प्रशिक्षण दिईएको थियो । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण नेवाः मिसा दबुकी संस्थापक अध्यक्ष तथा संरक्षक रश्मिला प्रजापतिले गरेकी थिईन् । प्रजापतिले आफ्नो मातृ भाषाको संरक्षण गर्नु पर्ने बताईन् ।

आफ्नै अभिभावकहरुले घरबाटै भाषा सिकाउनु पर्ने र नेपाली कामकाजमा समेत भाषाको प्रयोग गर्न सुझाब दिएकी थिईन् । आफ्नो भाषा लोप हुदै गएकाले धर्म संस्कृती समेत लोप हुने भएकाले सबैले संरक्षण गर्नु पर्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य नोवाः मिासा दबुकी उपाध्यक्ष पुर्णिमा प्रधानाङ्गले गरेकी थिईन् । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, महासचिब रजित पलाञ्चोके, नेवाःमिसा दवुका केन्द्रिय सदस्य कस्तुरी श्रेष्ठ, ज्वोत्सना सैजु लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा धन्यबाद ज्ञापन अमला जोशीले गरेकी थिईन् भने सञ्चालन कबिता शाक्यले गरेकी थिईन् । कार्यक्रममा बाललीकाहरु ३८ जना र महिला १८ जनालाई शुरेस शाहिले प्रशिक्षण दिएका थिए ।





