अध्यक्ष नेपालप्रति झलनाथको आक्रोशः भव्य नेता ठानेको थिएँ, तल्लो स्तरको सोच रहेछ
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालप्रति आक्रोश पोखेका छन्।
आफूलाई पार्टी छोडेर गएहुन्छ भन्ने अभिव्यक्ति दिएपछि शनिबार पत्रकार सम्मेलन गर्दै उनले त्यसबाट आफूलाई दुःख लागेको बताए।

‘३२ सालदेखि संगै आएको नेताले कम्युनिष्ट पार्टीको नीति, नियम, पद्धति, सिद्धान्त राम्रैगरि बुझेको हुनुपर्छ भन्ने थियो,’ खनालले आक्रोसित हुँदै भने, ‘उहाँले पार्टी छोड भनेर आदेश दिनुभएछ। उहाँले अदेश दिने बित्तिकै कुनै कम्युनिष्ट पार्टीको सदस्य, नेताले छोड्छरु यही हो उहाँको हैसियत ?’
आफूले अध्यक्ष नेपाललाई भव्य नेताको रुपमा हेर्ने गरेको र यस्तो अभिव्यक्तिले तल्लो स्तरको चिन्तन रहेको पाएको बताए। ‘यही हो कुनै पार्टीको नेताको हैसियतरु,’ खनालको प्रश्न छ, ‘बडो दुःख लागेर आयो। मैले त उहाँलाई भव्य नेताको रुपमा हेरेको थिएँ। यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग छ। त्यो त एउटा पेटी बुर्जुवा चिन्तन हो।’
आफूले माधव नेपालको मुखबाट पार्टी छोड भन्ने अभिव्यक्ति आउला भन्ने कल्पना नै नगरेको उल्लेख गरे।





