बन्दना भगवती निर्माण सेवाद्वारा पाँचखाल ८ होक्सेमा राख्न लागिएको आसपाल प्लान्टको स्थानीयद्वारा विरोध

पाँचखाल/पाँचखाल वडा नं ८ का स्थानीयहरुले वातावरण संरक्षणका लागि संर्घष समिति गठन गरेका छन् । 
वडामा रहेको पवित्र धार्मिक स्थल सुवर्णेश्वर मन्दिर परीसर नजिकै सञ्चालन गर्ने गरी तयारी गरिएको आसफल्ट (अलकत्र) प्लान्ट चलाउन नदिने गरी स्थानीयहरुले संर्घष समिति गठन गरेको बताएका छन् । पर्यापर्यावरण, धार्मीक आस्था र जनस्वास्थ्यको संरक्षण गर्न स्थानीयहरुले पाँचखाल वडा नम्वर ८, पाँचखाल नगरपालिका, जिल्ला समन्वय समिति काभ्रे, डिभीजन वन कार्यालय लगायतमा ज्ञापनपत्र बुझाएको बताएका छन् । प्लान्ट वातावरणिय परिक्षण नगरी सञ्चालनमा ल्याउन लागिएकाले वातावरण संरक्षण नियमावली २०७७ विपरित हुने उनिहरुको भनाई छ । प्लान्ट संचालन गर्न खोजिएको स्थान नजिकै मन्दिर, खोला र वनबाट हुनुपर्ने दुरी समेत कायम नगरेको, स्थानीयको स्वास्थ्यमा खेलवाड गरिएको र कृषी जमिनमा समेत हानी पुग्ने गरी प्लान्ट राख्न लागिएको भन्दै स्थानयले प्लान्ट संचालन अघि नै रोक्न माग गरेका हुन् । प्लान्ट भएपट्टी जाने बाटो पहिले देखि नै सन्चालनमा आएको, उक्त बाटो कुनै घर वा समाजमा नपुग्ने भएता पनि प्लान्टका लागी बाटो ठुलो चाहिने भएकाले पूर्वाधार समेत निर्माणमा अवरोध हुन सक्ने उनिहरुले बताएका छन् । 
पाँचखाल नगरपालिका वडा नम्वर ८ होक्सेमा बन्दन भगवती निर्माण सेवा प्रा.लीद्वारा आसपाल प्लान्ट स्थापना संचालनका लागि आज साउन १८ गते मन्दिर परिसरमा सार्वजनिक सुनुवाई आयोजना गरिएको छ । स्थानीयहरुले उक्त स्थानमा आसपाल प्लान्ट राख्न नदिने र वातावरणीय हिसावले पनि अनुपयुक्त हुने बताएका छन् ।