मुख्यमन्त्री लामाले राजीनामा दिँदै

काठमाडौं / बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

मुख्यमन्त्री लामाले राजीनामा दिने योजना बनाइसकेका छन् । कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले राजीनामा दिने भएका हुन् ।

सोही सन्दर्भमा दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीको भनाइ रहेको छ । आफ्नो कार्यकालमा सहयोग गरेका विभिन्न दल, कर्मचारी लगायतलाई धन्यवाद दिनका लागि मुख्यमन्त्री लामाले बैठक बोलाइएको उनले बताएका छन् ।बैठकपछि औपचारिक रूपमा राजीनामा दिने बताइएको छ ।