प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छुः जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई जोडेर अनावश्यक प्रचार गरिएको भन्दै अध्यक्ष प्रचण्डसहितका नेताहरू प्रति कटाक्ष गरेका छन्। स्थायी कमिटी बैठकमा बोल्दै उनले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ आफु तयार रहेको बताएका छन ।

‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरुले भित्र-भित्रै यो पार्टी बन्दै(बन्दैन भन्दै हिडेका छन्। तर पार्टी निर्माणमा मैले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छुरु, ‘उनले भने, ‘पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु। जति धकेल्न खोजे पनि म पार्टीमा अड्डिरहन्छु। ३१ लाख बाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु। हैन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ।’

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्।