धुलिखेलमा बागमती प्रदेश स्तरीय वन तथा वातावरण मन्त्रालयको प्रगति समिक्षा

धुलिखेल/बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१÷२०८२ को बार्षिक प्रगति समिक्षा गोष्ठी आयोजना गरेको छ । प्रदेश सचिव डा.केदार बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १३ वटा जिल्लाका भू तथा जलाधारा ब्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महाशाखा प्रमुख प्रदिपनाथ शर्माले संचालन गरेको कार्यक्रममा डिभिजनल बन अधिकृत काभ्रेका प्रमुख कृष्णबहादुर थापाले स्वागत गरेका थिए । वन निर्देशनालयका प्रदेश वन निर्देशक विद्यानाथ झाले समस्टीगत प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश अध्यक्ष विनोद सापकोटा, वन पैदावार महासंघका केन्द्रीय महासचिव माधवमणी हुमागाई, प्रदेश कमिटी अध्यक्ष रविन्द्र बैदार, जिल्ला अध्यक्ष प्रेम लामा लगायतले बागमती प्रदेश भित्र भएका वन क्षेत्रका तमाम समस्या र अवस्थाका बारेमा धारणा राखेका थिए ।

दुई दिनसम्म संचालन हुने समिक्षा गोष्ठीमा रेड कार्यक्रम, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गण्डमी बेशिन, चुरे उत्थानशील आयोजना लगायत विभिन्न कार्यक्रमका बारेमा समेत समिक्षा गरिएको थियो ।