प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् । आवाजमा आयोजना हुने तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन ओली आइतबार राति त्यस तर्फ प्रस्थान गरेका हुन् । नेपाल सरकारको नेतृत्व गर्दै उनी औपचारिक भ्रमणमा प्रस्थान गरेका हुन् ।
यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।






