दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको छ ।

अदालतकी सूचना अधिकारी पार्वती हितानले जिल्ला अदालत काठमाडौंको हकमा पनि उनलाई ३ लाख धरौटीमा छाड्न आदेश भएको बताइन् ।

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोड पछि प्रसाईंलाई आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालतले थुनामा राखी मुद्दाको बाँकी कारबाही गर्न आदेश दिएको थियो। उच्च अदालतले प्रसाईसहित चार अभियुक्तलाई उच्च अदालतले बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्ने मौका दिएको हो।

तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ।