बागमती प्रदेशको मुख्यमन्त्रीमा ईन्द्रबहादुर बानियाँको नियुक्ति आज
काठमाडौं / बागमती प्रदेशले आज आफ्नो छैटौं मुख्यमन्त्री पाउँदैछ । प्रदेशको सत्ता राजनीतिमा भएको फेरबदलपछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी अन्तर्गत बानियाँले सोमबार नै ६४ जना सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेश गरिसकेका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज दिउँसो २ बजेपछि बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्ने र अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मंगलबार दिउँसो २ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सोही समयसीमाभित्र बानियाँले ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थन जुटाएर दाबी पेश गरेका हुन्, जुन सरकार गठनका लागि आवश्यक ५६ मतभन्दा बढी हो ।
यो सत्ता परिवर्तनको पृष्ठभूमि कांग्रेसभित्रकै आन्तरिक समीकरणमा भएको फेरबदल हो । ९ साउन २०८१ मा गठन भएको कांग्रेस(एमाले गठबन्धन सरकारको नेतृत्व गरिरहेका लामाले आफ्नै दलभित्रको अविश्वासको सामना गर्नुपरेको थियो । १३ साउनमा दलभित्र भएको मतविभाजनमा अल्पमतमा परेपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका थिए । त्यसको भोलिपल्टै, १४ साउनमा भएको निर्वाचनमा बानियाँले लामालाई पराजित गर्दै दलको नेता चयन भएका थिए, जसले उनलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिएको हो ।






