रास्वपाले बोलायो सचिवालय बैठक
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा दिउँसो ३ बजे बस्न लागिएको रास्वपाले जनाएको छ ।
यसका साथै सुदूरपश्चिम प्रदेश समस्या समाधान, विधान व्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना हुने फ्युचर लिडर्स समिट, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप लगायत विविध विषयमा पनि छलफल हुने बताइएको छ ।






