८ लाखको बुद्धचित्त चोरी गरी ३ हजारमा विक्री, २ हजार नगद एक हजार उद्यारो

धुलिखेल/बनेपा नगरपालिका वडा नम्वर १० बस्ने ५१ बर्षिया भवनाी पाण्डेको बारीमा फलेको बुद्ध चित्तको मालाको दाना लुटपाट गर्ने मध्येका एक जना पक्राउ परेका छन् । संलग्न मध्येका एक फरार छन् । महाभारत गाउँपालिका वडा नम्वर २ मुक्तान टोल घर भई बनेपा नगरपालिका वडा नम्वर ८ बस्ने १९ बर्षिय मिलन मोक्तान तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 
साविक मेच्छे गाविस ३ हालको तेमाल गाउँपालिका वडा नम्वर ८ बस्ने ब्राण्डेड लामा, खड्ग भन्ने खड्गबहादुर तामाङ फरार छन् । २०८२ असार २१ गते विहानको राति १.२० बजेको समयमा बनेपा १० स्थित भवानी पाण्डेको बारीबाट ८ लाख रुपैया बराबरको बुद्ध चित्तको दाना चोरी गरेको अभियोगमा प्रहरीले सिसि क्यामेराका आधारमा खोजतलास गरिरहेको थियो । दाना टिप्न जाँदा उनिहरुले रुखको फेदमा जुत्ता, चप्पल सहित थप केहि प्रमाण छाडेका थिए । चोरी गरिएको दाना ब्राण्डेड लामालाई ३ हजारमा विक्री गरेको पक्राउ परेका मिलन मोक्तानले बयान दिएका छन् । ३ हजार मध्ये पनि २ हजार नगद र एक हजार दिनै बाँकी थियो । उनका दाजु विकास मोक्तानको कोठामा बसेर चोरी अभियानमा सक्रिय थिए । काठमाडौ प्रहरीले केहि दिन अघि उनिसँगै चोरीमा संलग्नहरुलाई पक्राउ गरेको थियो । 
भवानी पाण्डेले बार्षिक ८ लाख रुपैयामा पृथ्वीराज तामाङले तीन वर्षका लागि खरिद सम्झौता गरेका थिए । २०८२ असार ३२ गते विहान लुटपाट गरेर भाग्ने क्रममा कुरेर बसेका ज्वाला दोङले चाल पाएका थिए ।