एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाले साउन ३० गते देशभर प्रदर्शन गर्ने
काठमाडौँ /एमसीसी परियोजनाविरुद्ध नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले देशभर विरोध प्रदर्शन गर्ने भएको छ। साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रदर्शनको आह्वान गरेको हो ।
नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले एक विज्ञप्ति जारी अमेरिकाले केही महिना अगाडि स्थगित गरेको एमसीसी परियोजना नेपालमा पुनः सुरु गर्ने निर्णय गरेकोको भन्दै आपत्ति जनाए ।
विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जनबिना जबरजस्ती पुनः एमसीसी लाद्नु घातक छ । एमसीसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसंघर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ ।’
एमसीसी रहेसम्म संघर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ ।






