ब्लड बैंक काभ्रेको अक्षयकोषमा ७४ लाखको प्रतिवद्धता, दुई करोडको लक्ष्य
बनेपा/नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले जिल्लाबासीहरूका लागि बहुप्रतीक्षित ब्लड बैंकका लागि २ करोडको अक्षय कोषमा सहयोग गर्नेहरु थपिएका छन् । शुभारम्भका समयमा अक्षय कोष स्थापनाका लागी वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले ब्यक्तिगत ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए । ७४ लाख रुपैया भन्दा धेरै रुपैयाको प्रतिवद्धता सहित १० लाख जति नगद कोषमा जम्मा भईसकेको नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले जानकारी दिएको छ ।
ब्लड बैंकले काभ्रे जिल्लासहित वरपरका क्षेत्रहरूमा रक्त अभावका कारण ज्यान गुमाउने अवस्थाको अन्त्य गर्ने अपेक्षा गरिएको सभापति देवेन्द्र भैलले बताए । सरकारी, गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, युवा स्वयंसेवक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति देवेन्द्र भैलले ब्लड बैंक जिल्लाबासीका लागि जीवनरक्षक सुविधा बन्ने बताए । रक्तदान संस्कृति विकास गर्न तर्फ पनि थप सक्रिय हुने उनले बताए ।
कोष निर्माणका लागि जिल्लाका विभिन्न समुदाय, संघसंस्था, उद्यमी, राजनीतिक दल, सञ्चारकर्मी तथा आम नागरिकहरूसँग सहकार्य गरिनेछ । कोषबाट ब्लड बैंकको प्रविधि स्तरोन्नति, कर्मचारी व्यवस्थापन, आकस्मिक सेवा विस्तार, रक्त सञ्चयन तथा परीक्षणमा गुणस्तरीयता कायम गर्न उपयोग गरिने बताइएको छ । कार्यक्रम मार्फत रक्तदान जीवनदान भन्ने नारालाई व्यवहारमा उतार्न सबै नागरिकलाई नियमित रक्तदानमा सहभागी हुन अपिल गरिएको छ । आधुनिक प्रविधि र आकस्मिक सेवा सहितको सुविधा रहेको ब्लड बैंकमा रक्त परीक्षणका लागि अत्याधुनिक उपकरण, कोल्ड स्टोरेज प्रणाली र २४ सै घण्टा आपतकालीन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । ब्लड बैंकबाट जिल्ला भरिका अस्पतालहरू, ट्रमा सेन्टर, मातृ तथा शिशु अस्पतालहरू, सुत्केरी महिलाहरू, दुर्घटनाका पीडितहरू र दीर्घरोगीहरूलाई तुरुन्तै राहत पुग्ने छ ।
कोषका लागि वागमती प्रदेश सरकारबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेल ५० हजार, पनौती नगरपालिका वडा नम्वर २ राजेश लामा ५५ सय ५५, उद्धव पौडेल मण्डनदेउपुर २५ हजार ५ सय ५५, टोमप्रसाद सापकोटा मण्डनदेउपुर ७ ले २५ हजार २५, देशसुुधार, लोकसुधार, नेपाल सुधार, रविन्द्र र भगवान सागर भैल बनेपा मार्फत संयुक्त रुपमा ५० हजार १ सय ५, रामप्यारी श्रेष्ठ बनेपा ७ मार्फत २५ हजार ५ सय ६० रुपैया सहयोग घोषणा गरिएको छ ।
त्यस्तै सुरकृष्ण बैद्य बनेपा ९ मार्फत ५० हजार १, मोहन चौ प्रधान र उर्मिला चौ प्रधान बनेपा ७ मार्फत २५ हजार १०, विजयराम कर्माचार्य पनौती ७ बाट १ लाख ११ हजार १ सय ११, रत्नकुश रञ्जित बनेपा ८ बाट १ लाख १ हजार १ सय, विभिन्न ३८ वटा उपशाखाबाट ३८ लाख रुपैया जम्मा भएको छ । बनेपा उपशाखाले १० लाख, कुशादेवी उपशाखा ५ लाख, साँगा उपशाखा २ लाख, नाला उपशाखा २ लाख, मंगलटार उपशाखा ३ लाख, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य ५० हजार ५ सय ५५, निर्मल स्याङतान खानीखोला ३० हजार, देवेन्द्र भैल, जिल्ला सभापति ५० हजार १ सय, भिमप्रसाद दाहाल पाँचखाल नगरपालिका ११ हजार १ सय ११, गोकुल बाँनिया बनेपा ११ मार्फत २५ हजार ५, आलोक मल्ल नेपालगञ्जबाट २५ हजार १ सय ५५, पुष्पा खड्का बस्नेत २५ हजार ५ सय ५०, प्रदिप केसी पनौती ८ बाट २५ हजार ५ सय ५५, राजु ताम्राकार पनौती ७ बाट २५ हजार ५ सय ५५, बेदप्रसाद कोँजु धुलिखेल ६ बाट २५ हजार, ज्ञानबहादुर तामाङ तेमालबाट २६ हजार १ सय, कृष्णबहादुर श्रेष्ठ पनौती २५ हजार ५ सय, टंकप्रसाद हुमागाई पनौती कुशादेवी २७ हजार ७ सय ७७, रामकृष्ण भण्डारी पनौती ९ बाट २५ हजार ५ सय ५५, तिर्थप्रसाद हुमागाई पनौती २ बाट २५ हजार ५ सय ५५, दुर्गा अधिकारी विराटनगरबाट ५१ हजार १ सय ११, गोपाल रोहिका बनेपा ७ बाट २५ हजार ५ सय ५५, कुमार कार्की बनेपा १२ बाट २७ हजार ५ सय ७, सुर्वणदास श्रेष्ठ नमोबुद्ध ९ बाट ५० हजार १ सय १५, न्हुछेलाल, सावित्री र दिलकृष्ण मुनांकर्मी बनेपा ५ बाट २५ हजार ५ सय २५, धुर्व पलाञ्चोके बनेपा ७ बाट ३१ हजार १५, सिद्धि कर्माचार्य बनेपा ४ बाट २५ हजार, विश्वनाथ ताम्राकार बनेपा ७ बाट २६ हजार, हिटलर शाक्य १ हजार, नेपाल रेडक्रस सोसाईटी बनेपा शाखा १० हजार १ सय, गणेशप्रसाद नेपाल मण्डनदेउपुर २५ हजार ५, मोहनकृष्ण श्रेष्ठ बनेपा ७ बाट २५ हजार ५ सहयोग गरेका छन् । त्यस्तै देविप्रसाद नेपाल मण्डनदेउपुरबाट २५ हजार ५ सय ५५, अर्जुनप्रसाद दाहाल मण्डनदेउपुर २५ हजार, गौरीशंकर मानन्धर बनेपा ७ बाट २५ हजार ५ सय ५५ रुपैया सहयोग भएको नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले जानकारी दिएको छ ।






