निष्ट स्कुलले गर्‍यो कक्षा १२ मा ३.९६ जिपिए ल्याउने ३ सहित ९९ विद्यार्थीलाई सम्मान

बनेपा÷ निष्ट स्कुल बनेपाले कक्षा १२ को परिक्षामा ३.६० जीपिए भन्दा माथि ल्याई उतिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

स्कुलले ३.९६ ल्याउने ३ जना आर्या भोछिभोया, आयाम श्रेष्ठ र सृष्टि जिरेल सहित ९९ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । स्कुलमा ९९ जनाले ३.६० माथि, २ सय ५७ जनाले ३.२० जीपिए भन्दा माथी र ८५ जनाले २.८० भन्दा माथि जीपिए र ८ जनाले २.४० जीपिए भन्दा ल्याई जम्मा ९८ प्रतिशत विद्यार्थी उर्तिण हुन सफल भएको प्रिन्सिपल दिपक भट्टले बताए । २०७९ को वार्षिक परिक्षामा वोर्ड प्रथम भएको स्कुलले २०८० मा शतप्रतिशत, २०८१ मा ८३ जनाको ए प्लस र २०८२ मा ३.९६ जीपिए ३ जनाले ल्याउन सफल भएको भट्टले बताए ।

विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतका कारण उक्त परिणाम ल्याउन सफल भएको बताए । निष्ट स्कुल जिल्लाको मात्रै नभई देशकै नमुना भएको निष्ट कलेजका निर्देशक राजेन्द्र कुमार घिसिङ्गले बताए । कलेज तथा स्ुकलले आगामी दिनमा समेत शैक्षिक गुणस्तरमा कुनै कमी आउन नदिने घिसिङ्गले प्रतिबद्धता जनाए ।

सम्मान कार्यक्रममा विद्यालयका सञ्चालक प्रनिता बराल, निर्देशक राजेन्द्र कुमार घिसिङ्ग, प्रिन्सिपल दिपक भट्ट, सहायक प्रिन्सिपल रजिब श्रेष्ठ, प्रशासन प्रमुख पुण्य प्रसाद कट्टेल, विभागिय प्रमुख लगाएतले विद्यार्थीहरुलाई बधाई दिएका थिए ।