तुर्कमेनिस्तानबाट प्रधानमन्त्री ओली आज स्वदेश फकिँदै
फाइल तस्वीर
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट शुक्रबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री आज राति ११ बजे काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान गएका थिए।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना भएको थियो । सो सम्मेलनमा २१ गते कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। सम्मेलनमा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिएका थिए।





