घाट डुल्दै मकैबारीमा सुतेर मोवाईल पसल झ्याप
एआई तस्वीर
पाँचखाल/मोवाईल पसलको रेकी गरी अघिल्लो दिन देखि नै पाँचखाल पुगेर मकै घारीमा रात विताउँदै मध्यरातमा चनकमनक अवस्थामा लुटपाट गर्ने गिरोहका दुई सदस्य पक्राउ परेका छन् । २०८१ असार १३ गते राति पाँचखाल नगरपालिका वडा नम्वर ४ स्थित समाजकल्याण चोकमा रविन मिजारको मोवाईल पसल चोरी भएको थियो ।
रविन इलेक्ट्रिक सेन्टरमा र्मत गर्न ल्याएका, नयाँ विक्रीका लागि राखिएका मोवाईल थान ६५ वटा थिए । मोवाईलसँग सम्वन्धित अन्य सामानहरु पनि थिए । पाँचखाल नगरपालिका वडा नम्वर २ अनेकोट घर भई भक्तपुर नगरपालिका चाँगुनारायण ५ बस्ने १९ बर्षिय सुमन वाईवा, सोहि ठेगाना भई एकै स्थानमा बसोबास गर्ने १८ बर्षिय सुरेश वाईवालाई प्रहरीले ११ दिन पछि सुतिरहेको स्थानबाट नियन्त्रणमा लिएको थियो । मुख्य योजनाकार निमा डन अझै फरार छन् ।
२०८२ असार १२ गते विहान ११ बजे समुन वाईवा र उनकै भाई सुरेश वाईवा, फेसबुक मार्फत चिनजान भएका निमा डन भन्ने सरोज तामाङ बीच पाँचखालमा भेटघाट भएको थियो । दिउसो ४ बजे तीन जना बीच भेटभाट भए पछि तामाघाट बजार घुमेर रेकी गरे । त्यहि नजिकै रहेको एउटा होटलमा खाजा खाए । खाजा खाएर मोवाईल पसल र अन्य पसलको समेत रेकी गर्दै साँझ ६ बजे तीनै जना पाँचखालमा रहेको खोला नजिकैको घाटमा पुगे । रातको ८ बजे खोला खोला डुल्दै ३÷४ फिट लामो फलामको रड फेला पारे । रड लिएर तीन जना नै मकैबारीमा सुते । मध्यरात साढे १ बजे तिर रड लिएर निमा डन सरोज निस्कियो । उनिहरु दुबै जना साथ लागे । सरोज तामाङले हातमा बोकेको रडले मोवाईल पसलको सटर फुटायो । रडले सहजै ताल्चा फुटाए पछि सुरेश वाईवा र निमा डनले मोवाईलहरु झोलामा राखे । सुमन वाईवालाई मान्छे आउँछन कि भनेर रेखदेखमा राखे । निमा डन भनिने सरोज तामाङले बोकेर ल्याएको झोला मकैबारी हुँदै त्यहि मान्छे पोल्ने घाटमा पु¥याए । त्यहाँ काम लाग्ने जति मोवाईल बाँडफाँड भयो । मोवाईलको झोला त्यहि पुलमुनी झ्याङ्गमा राखेर तीन जनाले नै खोलामा पौडी खेल्न गए । केहि समय पछि बस चढेर तीन जना नै भक्तपुर पुगे । त्यहि क्रममा निमा डन भन्ने सरोज तामाङले फेसबुक बन्द गरिसकेको थियो । प्रहरीले पहिला सुरेश वाईवालाई पक्राउ गरेको थियो । उसकै आधारमा दाई समुन वाईवालाई पक्राउ गरेको थियो ।
चोरी गरे पछि सुमन वाईवाले ११ वटा, सुरेश वाईवाले २ वटा, सरोज तामाङले ११ वटा र बाँकी मोवाईल मर्मत गर्न ल्याएकाले प्रयोगमा आउँदैन भन्ने जस्तो लागेर पुलमुनी काँडाको झ्याङ्गमा फालेका थिए । ७ लाख ९६ हजार रुपैया बराबरको मोवाईल चोर्ने मुख्य अभियुक्त निमा डन अझै फरार छन् । प्रहरीले २०८२ असार २४ गते सुरेश र सुमनलाई सिसिटीभि फुटेजका आधारमा पक्राउ गरेको छ । सिसिटिभी फुटेजमा उनिहरु चिनिने अवस्थामा थिए । सामाजिक सञ्जालमा उक्त भिडियो भाईरल भए पछि स्वंम सुमन र सुरेशलाई आफन्तले फुटेज पठाएर सोधपुछ गरेका थिए ।
बरामद भएका तीन थान आईफोन सहित १३ मोवाईलको १ लाख ८० हजार र ५२ थान मोवाईलको ६ लाख २४ हजारका दरले क्षतिपुर्ति माग गरिएको छ । चोरी तथा डाँका सम्वन्धी कसुरमा तीन वर्ष देखि पाँच वर्ष सम्म कैद सजायँ हुनेछ भने ३० हजार देखि ५० हजार रुपैयासम्म जरिवना हुनेछ । निमा डन भन्ने सरोज तामाङ अझै फरार छन् । फेसबुक आईडी डिएक्टिभ गरिएको छ । प्रहरीले खोजतलास जारी राखेको छ । बनेपा, पनौती तथा शहरी क्षेत्रमा रहेका मोवाईल पसलहरु लुटपाट गर्ने, चोर्ने समुहका ब्यक्तिहरु सक्रिय छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकले पक्राउ परेका दुबै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।





