नेकपा एसकाे स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद चर्किएपछि पार्टीको बैठक बोलाइएको छ।
माधव झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्। अध्यक्ष नेपालसँगको विवाद चर्किएपछि आफूले सचिवालयमा पेस गरेको लिखित प्रस्तावमाथि छलफल गर्नको लागि नेता खनालले पार्टीको बैठक माग गर्दै आएका थिए।






