ज्ञानकाजी–मोहनलाल खिं स्मृति कोषद्वारा विशिष्ट ब्यक्तित्व सम्मान

बनेपा/इतिहासकार, संस्कृतविद् तथा कला र साहित्यका धरोहर स्व.ज्ञानकाजी मानन्धर र उनका पिता मोहनलाल खिं मानन्धरका नाममा गत वर्ष स्थापना गरिएको ज्ञानकाजी–मोहनलाल खिं स्मृति कोषले यो वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरेको छ ।
स्मृति कोषका अध्यक्ष भुवनकाजी मान्न्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालका मुर्धन्य ब्यक्तित्व संस्कृतविद्, इतिहासकार तेजेश्वरबाबु गोंग र प्रा.डा.चुन्दा बर्जाचार्यलाई सम्मान गरिएको छ । सम्मानपत्र तथा नगद सहित उहाँहरुको ब्यक्तित्व चर्चा सहित सम्मान पत्र प्रदान गरिएको थियो । बरिष्ठ साहित्यकार तिलकप्रसाद कायश्थले सम्मानित ब्यक्तिहरुलाई सम्मानपत्र प्रदान गर्दै नेपालको इतिहासमा ज्ञानकाजी र मोहनलाल खिं मानन्धरको अतुलनिय योगदान रहेको बताए । उहाँहरुको नामबाट प्राप्त गरेको पुरस्कार र सम्मानपत्रले सम्मानित ब्यक्तित्वहरुको समेत इतिहास र संस्कृति प्रतिको योगदानको सम्मान भएको उनले बताए । इतिहास र संस्कृतिको संरक्षणमा नयाँ पुस्ता स्वत आउन नसक्नु चिन्ताको विषय भएको प्रमुख अतिथी कायश्थले बताए ।
कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालले सम्मानित ब्यक्तित्वद्धय गोंग र बर्जाचार्यको योगदानका बारेमा चर्चा गरेका थिए भने साहित्यकार सुर्यप्रसाद लाकोजुले स्व.ज्ञानकाजी मानन्धर र मोहनलाल खिं मानन्धरका बारेमा चर्चा गरेका थिए । शिक्षा, कला, संस्कृति, साहित्य, नाटक, गित, संगित, ज्योतिष लगायतका थुप्रै विद्यामा योगदान पु¥याएका ज्ञानकाजी र मोहनलाल खिं मानन्धरले समाज परिवर्तन तथा सामाजिक अभियानमा खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए । छोरा प्रकाश मानन्धरले बुबा र हजुरबुबाको इतिहास संरक्षणका लागि आगामी वर्षसम्म पुस्तकालय खोल्ने योजना सुनाए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, वडा अध्यक्षहरु शुभलक्ष्मी मानन्धर र हिटलर शाक्य, मानन्धर समाजका केन्द्रिय उपाध्यक्ष बद्रि मानन्धर लगायतले ज्ञानकाजी मानन्धर र मोहनलाल खिं मानन्धरले समाजमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । हरेक वर्ष स्मृतिकोषले इतिहास र संस्कृतिका क्षेत्रमा योगदान पु¥याउने विशिष्ठ ब्यक्तिलाई सम्मान गर्ने घोषणा गरेको छ । ज्ञानकाजी मानन्धरको जन्म १९९१ पुष २६ गते जन्म भई २०८० भदौ ८ गते निधन भएको थियो ।