ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बनेपामा मनाईयो राखी पर्व

बनेपा/ब्रह्माकुमारी राजयोग सेवा केन्द्रहरुमा रक्षाबन्धनको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । सोहि कार्यक्रम अन्र्तगत ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बनेपाले सद्भाव, प्रेम, पवित्रता र स्नेहको प्रतीक रक्षाबन्धन (राखी) पर्व मनाएको छ ।

केन्द्र प्रमुख लक्ष्मी दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्ष तथा जनप्रनिधिहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । हरेक वर्ष जनैपूर्णिमाको दिन ओम शान्ति अर्थात ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले राखी पर्व मनाउँदै आएको छ ।

त्यस्तै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बनेपाले विश्व बन्धुत्व बृहत रक्तदान अभियान भदौ ६ गते बनेपा पार्टी भेन्युमा आयोजना गरेको छ । बनेपा पार्टी भेन्युमा आयोजित रत्तदान कार्यक्रममा सहभागि भई रत्तदान गर्न केन्द्रले सबैमा अनुरोध गरेको छ । मुख्य संचालिका ब्रह्माकुमारी लक्ष्मीका अनुसार रक्तदान अभियानमा सहभागि भई रक्तदान जस्तो पुन्य कार्य गर्न अनुरोध गरिन् ।