नोबेल साकोस सामाजिक कार्यमा

बनेपा/ नोबेल बचत तथा ऋण सहकारीले संस्था लिमिटेडले जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी पुन्हिको अवसरमा गोसाईस्थान मेलामा आउने भक्तजनहरुलाई नि:शुल्क पानी वितरण गरेको छ ।

साकोसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरेको संस्थाका अध्यक्ष मोहन श्रेष्ठले बताए । बुद्ध भूमि वेभरजको सहकार्य र संस्थाको आयोजनामा बनेपा ६ को गोसाईथान मोलामा नि:शुल्क पानी वितरण गरिएको श्रेष्ठले बताए ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यहरु गर्दे आएको छ । सदस्य सहकारी शिक्षा, रक्तदान, स्वास्थ्य शिबिर, बाल सदस्यलाई स्टेश्नरी वितरण लगातएका थुर्पे कार्यहरु गर्दे आएको बताएको छ ।