मधेशसहित देशका धेरै ठाउँमा दिउँसो र राति ठूलो पानी पर्ने
काठमाडौं/ मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा नेपालमा वर्षाको सम्भावना रहेको छ । आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ ।
आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ । “आजभन्दा भोलि र पर्सि धेरै वर्षाको सम्भावना रहेको छ,” मौसमविद डेबिड ढकालले भने ।

आज ६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । भोलि भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको उनले जानकारी दिए ।
“भोलि धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिएको छ,” मौसमविद् ढकालले भने ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकोमा यो उत्तरतर्फ सर्दै जाँदै धेरै वर्षाको सम्भावना पनि बढ्दै जान्छ ।





