आज सुनको मूल्यमा गिरावट

काठमाडौ‌ं– स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा एक हजार १०० रुपैयाँले गिरावट भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।