आज साँझ ७ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्। आजको बैठकमा केही महत्त्वपूर्ण प्रशासनिक निर्णय हुने अपेक्षा गरिएको छ।

प्रशासन सिंहदवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार, बैठकले सहसचिवहरूको सरुवा सम्बन्धी निर्णय गर्न सक्नेछ। यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा पनि सरुवाको विषयमा निर्णय भएको थियो। 

तर, प्रधानमन्त्री ओली देशबाहिर रहेका कारण अन्तिम सूची पेश गर्न नसक्दा निर्णय कार्यान्वयन हुन सकेको थिएन।