सुनको मूल्य तोलामा आज १ हजार ३ सय रुपैयाँले घट्यो
काठमाडौँ/ मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो।
यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। ३ सय रुपैयाँले घट्यो






