युवाहरुलाई गुटबन्दीमा हैन,आलोचनात्मक चेत सहितको नेतृत्व विकासमा केन्द्रित गरौं
होमप्रसाद चौंलागाँईं
२०४७ साल जेष्ठ १ गते देशभक्त, प्रगतिशिल, जनवादी युवाहरुलाई गोलवन्द गर्दै राष्ट्रिय आकांक्षा पुरा गर्नको लागी हालका सम्माननिय प्रधानमन्त्री एवं नेकपा एमालेका श्रदेय अध्यक्ष के पि शर्मा ओलीको अध्यक्षतामा तत्कालिन अवस्थामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ) हाल राष्ट्रिय युवा संघ नेपाल गठन भएको थियो ।
पैंतीस वर्षे लामो इतिहासमा युवा संघले थुप्रै आरोह अवरोहहरु पार गरिसकेको छ । जिल्ला जिल्लामा दशौं पन्ध्रौं सभा सम्मेलनहरु भैसकेका छन् । स्थापना पछिपन निरन्तर रुपमा यसको निकै सुन्दर केन्दीय इहितहास छ । संस्थापक अध्यक्ष के.पी ओली पश्चात स्व. पशुपती चौंलागाँईं, केशव स्थापित, गोकर्ण विष्ट, अजम्बर राई काङवाङ, महेश बस्नेत, झपट रावल, राजिव पहारी, निरु पाल, बचनसिंह, रमेश पौडेल लगायतका नेताहरुले नेतृत्व प्रदान गरिसकेका छन् ।
काभ्रे जिल्लामा केन्द्रित भएर कुरा गर्नु पर्दा स्व. विदुर सापकोटा, कृष्णकुमार श्रेष्ठ, कुमार थापा, स्व. हरिदेव गिरी, किशोर थापा, स्व. लेखराज गौतम, इन्द्र तामाङ, कञ्चन अधिकारी, चन्द्र लामा, राजन थापा, बिजय योञ्जन, होम प्रसाद चौंलागाँईं, राकेश लामा, बिक्रम चौंलागाँईं र ईश्वरबल्लभ सापकोटा लगायतले विभिन्न समयमा नेृत्व प्रदान गरेको इतिहास छ । एलेको युवा संघ नेपाल प्रजातानित्रक राष्ट्रिय युवा संघ (प्ररायुसंघ) हुँदै युवा संघ नेपाल हुँदै एलेको रायिट्रय युवा संघ नेपालमा आइपुगेको हो ।
मुलुकको सबैभन्दा ठूलो युवा संगठनको रुपमा स्थापित नेकपा एमालेको सबैभन्दा प्रभावकारी र पहिलो स्थानमा पर्ने जनसंगठनको रुपमा स्थापित युवा संघको गर्विलो इतिहास छ । तत्कालिन समयमा अराजक रुपमा उपस्थित भएको वाइसीएललाई तह लगाउनेदेखि युवा बिकृतीजन्य कुरामा युवा संघको इतिहास निकै वजिलो छ ।
हिजोको इतिहास, चलिरहेको वर्तमान र आउने भविष्य सोचेर अगाडी वढ्नु युवाको युवाजन्य संगठनको मूल मर्म हो । हाम्रो लक्ष्य समाजवाद हुदै साम्यवादमा पुग्ने छ । साम्यवाद त्यो चिज हो जसलाई केवल कण्ठस्थ हुनेर गरी रटेर पुग्दैन । त्यसको लागि नेतादेखि कार्यकर्तासम्म आलोचनात्मक चेतको आवश्यक्ता पर्दछ । त्यति मात्र नभएर योग्यता अनुसार काम र काम अनुसारको दाम पाउने अवस्थामा हाम्रो राष्ट्रलाई पु¥याउनु पर्नेछ । जसको लागि सुदृढ एमाले र सशक्त युवा संघ हुनुपर्ने छ । गैरमानवलाई मानव वनाउने काम, असमानतालाई समानता बनाउने कार्य कम्युनिष्टहरुले गर्ने हो । किर्ते जालसाझी झेल तथा वखेडाको सदैव कम्युनिष्ट पार्टी विरोध गर्नुपर्छ । किर्ते गरेर जालझेल गरेर षडयन्त्र गरेर न्यायपूर्ण समाज निर्माण गर्न सकिदैन ।
त्यस प्रकारको प्रवृति फस्टाउनु भनेको गैर कम्युनिष्ट कार्यशैलीको विकास हुनु हो जसले संगठनलाई गुणात्मक रुपमा कमजोर पारिरहेको हुन्छ । संगठनभित्र वेलावखतमा देखापर्ने साँस्कृतिक विचलनले गर्दा आवसरवाद हामी भएको पाइन्छ । पद पाउदा मात्र काम गर्ने नत्र असहयोग गर्ने, सदैव अवसरको खोजीमा भौतारिने तर पार्टी काममा ध्यान नदिने, आवश्यक्ताभन्दा वढी आलोचना गर्ने, आफ्नै कमरेडसँग कमरेडेली व्यवहार प्रर्दशन नगर्ने, कमिटी बाहिर कुरा काट्ने, गुट–उपगुट निर्माण गर्ने, मनपर्दा देवत्वकरण गर्ने, नपर्दा आफ्नो वडामा राप्रपालाई भोट हाल्यो र हाल्न लगायो भनेर नाङ्गेझार पार्दै खुइल्याउने प्रवृतिको भण्डाफोर गर्दै अन्त्य गर्नुपर्दछ । आलोचनालाई नपचाउने, सजिलो काम गर्न हौसिने अप्ठेरो कामबाट पन्छिने प्रबृतिलाई निरुत्साहित गर्नुपर्नेछ । काम गर्नेलाई सम्मान र पुरस्कारको वातावरण सिर्जना गर्नुपर्दछ । एकतावद्ध संगठन र सशक्त युवा संघ वनाउनु पर्छ ।
विश्वमा कम्युनिष्ट पार्टी स्थापनाका २०० वर्ष चलिरहेको छ । हामी कार्ल माक्र्सका द्वीशतवार्षिकी मनाउदै छौं । विश्व एक्काईसौं शताव्दीमा हिड्दै छ । २० औं शताव्दीमा विश्व कम्युनिष्ट आन्दोलनमा नीकै महान उपलब्धीहरु भएका देखिन्छन् । त्यही समयमा नै लेनिन, स्टालिन तथा माओ जस्ता महान नेताहरु पैदा भएका थिए भने विश्वभरी हजारौं कम्युनिष्ट नेताहरु उत्पन्न भएका थिए । संसारभरि नै हल्लाउने गरी रुस, चीन, पूर्वि युरोप, दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकका कयौं देशहरुमा समाजवादी क्रान्तिहरु भएका थिए । उनीहरु समाजवादको वाटोमा अग्रसर थिए र त्यो विश्वभरि समाजवादी समाज निर्माण गर्ने महत्वपूर्ण आधार वन्दै थियो । तर उक्त उपलब्धी इतिहासको विरासतमा सिमित हुदै गइरहेको छ । पहिले समाजवदी देश भनेर विश्व कहलिएको देशमा पनि पुजिवाद पुनःस्थापित भएको छ र विश्व कम्युनिष्ट आन्दोलनले यतिखेर रक्षात्मक हुनुपरेको छ, अस्तित्वको लडाई लडिरहुनु परेको छ । यो स्थीतिलाई विश्वभरका साम्राज्यवादीहरुले कम्युनिष्ट आन्दोलन र समाजवादको सधैंका लागि हार भएको अनि विश्वमा त्यसको कुनै भविश्य नभएको मीठो सपनाको रुपमा एक्काइसौं सताव्दीको उपहारको रुपमा लिइरहेका छन् ।
यस्तो विश्व परिस्थितिका वावजुत नेपालमा कम्युष्टि पार्टीको वाहुल्यता र बहुमत जनमत रहेको छ । नेपाली कम्युनिष्टहरु एकिकृत हुने ठाउँमा दिनप्रतिदिन फुटपरस्त हुदै छन् । अव यो प्रक्रियालाई रोक्नुछ । एकिकृत कम्युनिष्ट पार्टी अनि ठुलो आकर्षक र जनप्रेमी पार्टी बनाउनुछ, चलिरहेको २१ औं सताव्दीको विश्वलाई लिड गर्ने माक्र्सवादी विचार जनताको वहुदलीय जनवाद हो भन्ने कुरा स्थापित गर्नुछ र विश्वका सर्वहारा श्रमजिवी जनताले आशा गर्न सक्ने नेतृत्व पनि यसै २१ औं सताव्दीमा जन्माउने अठोट गर्नुछ ।
माक्र्सवादलाई अझ उच्च तवर समृद्ध पार्नुछ, ठुलाठुुला सालिक होइन, नयाँ नयाँ मान्छे निर्माण गर्नुछ । त्यसको निम्ति एकतावद्ध युवा संघको खाँचो छ र नीति निर्माणमा एकढिक्का हुने संकल्प गर्नुछ । विश्व श्रमजिवी वर्गको नेता हाम्रै वीचमा निकाल्ने अठोट गर्नुछ । हो त्यसैले तुच्छ गुटवन्दी त्याग्नु पर्छ । लडाई पुँजीवाद र समाजवाद वीच हो नाथे पदीय लोपसँग होइन । सवैलाई उचित जिम्मेवारी प्रदान गर्नुपर्छ । जिम्मेवारीलाई निरन्तर गतिशिल चेनको रुपमा लिई एकै व्यक्तिलाई कार्यकालको पूर्ण अवधीभर एकै जिम्मेवार दिने होइन निरन्तर फेरवदल गर्दै अगाडि वढ्नु पर्छ ।
राज्यको संयन्त्र अनुसार हाम्रा संगठनका विभाग र नेतृत्वको जिम्मेवारी हुने गर्दछ । राज्यको अभ्यासबाट पनि सिक्नुपर्दछ । जस्तो कि कुनै सिडिओ, कार्यालय प्रमुख वा सचिवहरुलाई निश्चित अवधीको लागि मात्र निश्चित ठाउँको जिम्मेवारी दिइने गरिन्छ । उनीहरुलाई त्यसो गर्दा लामो अनुभव हासिल गर्ने मौका प्रदान भएको हुन्छ । पुरस्कार गर्नुपर्छ जिम्मेवारीलाई उचित तवरले पुरा गर्नैपर्छ ।एकआपसमा एकढिक्का हुँदामात्र हामीबीचबाट नै गतिशिल विचार र आशालाग्दा नेता जन्माउन र स्थापित गर्न सकिन्छ । माहू पार्टीको जिल्ला नेतृत्वले युवाको एउटा जिल्ला अधिवेशमा ५÷७ जना पदाधिकारीलाई कहिं न कहिं सजिलै समेटेर लान सक्नुपर्छ । न कि गुटको नाममा च्यापेर । त्यसो गरेमात्र उसले नेतृत्वको पदीय दायित्व, योग्यता, दक्षता र समक्ष अनुकुल तपाई सदैव स्वीकर्न सक्छ । अन्यथा आज तपाईले च्यापेको युवा भोली बुझ्ने भैसकेपछि तपाईको सत्तोसरा गर्ने नबन्ला भन्न सकिंदैन । त्यस ढंगले सबै लागौं, आलोचनात्मक चेतको विकास गरौं । (लेखक: युवा संघ काभ्रेका पूर्व अध्यक्ष हुन्)






