सौन्दर्यकला ब्यवसायी संघले मनायो तीज
बनेपा/सौन्दर्य कला ब्यवसायी संघ काभ्रेको आयोजनामा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ । अध्यक्ष सुस्मा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शान्तिरत्न शाक्यले स्वरोजगारमुलक ब्यवसाय, हरेक ब्यक्तिलाई सौन्दर्य बनाउनु पर्ने क्षेत्रलाई ब्यवस्थित बनाउन सहकार्य गर्ने बताए । विद्यालय तहमा अध्ययन गराउनु पर्ने पाठ्यक्रमलाई कार्यान्वन गर्ने बताउँदै नगर प्रमुख शाक्यले सौन्दर्यकला ब्यवसायीहरुलाई सीप मुलक तालिमका लागि सहजिकरण गर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वरोजगार मुलक ब्यवसायलाई सहज बनाउने बताए । कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष कमला श्रेष्ठले पेशामा निरन्तर, इमान्दारिता र गुणस्तरीयता आवश्यकता रहेको बताईन् । उनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२÷२०८३ को बजेट महिलामैत्री भएको बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, संस्थाका अध्यक्ष सुस्मा प्रधान, उपाध्यक्ष सविता बज्राचार्य लगायले सौन्दर्यकला ब्यवसायी संघले गरेका गतिविधिहरुका बारेमा धारणा राखेका थिए ।
सौन्दर्य कला ब्यवसायी संघले हरेक वर्ष तीज लगायतका कार्यक्रम मनाउँदै आएको छ । कार्यक्रममा पुर्व पदाधिकारीहरु, पुर्व अध्यक्षहरु तथा सदस्यहरु, सदस्यहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा विभिन्न क्षेत्रमा निर्वाचित, मनोनित तथा उत्कृष्ट भएकाहरुलाई सम्मान गरिएको थियो ।






