रोटरी क्लव अफ पनौतीको पदस्थापन

पनौती/रोटरी क्लव अफ पनौतीको १० औ पदस्थापन समारोह सम्पन्न भएको छ । वर्ष २०२४÷२०२५ का अध्यक्ष मणिप्रसाद सापकोटाले वर्ष २०२५/२०२६ का अध्यक्ष यतिराज अधिकारीलाई पद हस्तान्तरण गरेका थिए ।
रोटरी क्लव अफका पुर्व डिस्ट्रिक गर्भनर दिलेन्द्रराज श्रेष्ठ दिलेन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोटरीका पुर्व अध्यक्ष तथा निर्वतमान अध्यक्षहरुद्वारा स्थापित पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा राजेशसुन्दर सैंजुले रोटरी दशक मनाउने गरी विविध कार्यक्रम अयोजना गर्ने बताए । वर्ष २०२४÷२०२५ मा भएका महत्वपूर्ण गतिविधिहरुका बारेमा अध्यक्ष मणिप्रसाद सापकोटाले जानकारी गराएका थिए । कार्यक्रममा पास्ट डिस्ट्रिक गर्भनर दिलेन्द्रराज श्रेष्ठ, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, सहायक गभर्नर रामप्यारी बस्नेत बज्राचार्य, रोटरीका विभिन्न क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मणिप्रसाद सापकोटाद्वारा स्थापित पुरस्कारद्वारा जिल्लाभर कृत्रिम गर्भाधान गराउने गोविन्द तिमल्सिना र पनौती नगर भित्रबाट सभदेव दाहाललाई सम्मान गरिएको थियो । पुर्व अध्यक्ष सुमनराज ताम्राकारले स्थापना गरेको पुरस्कारबाट पत्रकार एवं रोटरी क्लव अफ पनौतीका पुर्व अध्यक्ष मधुसुदन गुरागाई र काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजका डीन प्रा.डा.मनोज हुमागाईलाई सम्मान गरिएको थियो ।