मनसुन कमजोर हुँदै, केही भूभागमा वर्षाको सम्भावना
काठमाण्डौ / मनसुनी वायुको प्रभाव कमजोर भएको छ । मनसुनको न्यूनचापीय रेखा तराई आसपास रहे पनि विस्तारै दक्षिणतर्फ सर्ने र मनसुन केही कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको छ । गएराति केही ठाउँमा हल्का वर्षा मात्रै भएको छ ।
आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै ठाउँहरुमा तथा बाँकी तराई भूभागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






