काठमाडौं महानगरले मनोहरा सुकुम्वासी बस्तीमा चलायो डोजर

काठमाडौं/काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार काठमाडौं महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।

महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ ।