आदर्श विद्या मन्दिर स्कुलमा कक्षा ११ लाई स्वागत, १२ लाई विदाई

बनेपा/आदर्श विद्या मन्दिर स्कुल बनेपाले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १२ उतिर्ण लाई विदाई गरेको छ । कार्यक्रममा नेपाली भाषा विज्ञ, बरिष्ठ साहित्यकार, कवि एवं सामालोचक प्रा.डा राम प्रसाद ज्ञावालीको प्रमुख आतिथ्यता तथा प्राध्यापक भोजराज तिमल्सिनाको सभापतित्व रहेको थियो ।
कार्यक्रममा विद्यालयका बारेमा प्रिन्सिपल राम प्रसाद तिमल्सिनाले जानकारी गराएका थिए ।

कक्षा ११ मा १ सय ७२ जना भर्ना भएका छन् भने कक्षा १२ मा १ सय १८ जनामा १ सय १२ जना उतिर्ण भएका तिमल्सिनाले बताए । स्थापनामा ३० जना बाट शुरु गरिएको कक्षा ११ मा अहिले ११ सय भन्दा बढीले उतिर्ण भइसकेका तिमल्सिनाले बताए । विद्यालयमा पर्याप्त खेलकुद मैदान, फुटसल ग्राउन्ड, आफ्नै भवन, विद्यालयले आई एसो प्राप्त गरी शिक्षामा गुणस्तर लगाएत विविध विधामा उत्कृष्ट रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी प्रा.डा रामप्रसाद ज्ञावालीले समयको र परिवर्तित शिक्षामा विशेष ध्यान दिन सुझाब दिए । विद्यार्थीहरुले कस्तो शिक्षा चाहान्छन् त्यो अनुसार र अहिलेको परिबेश आईटि क्षेत्रमा आएको परिबर्तनका कारण विद्यार्थीहरुमा पढेने बानिको विकास हराउदै गएकाले त्यस तर्फ अभिभावक र शिक्षकहरुले सोच्नु पर्ने बेला आएको ज्ञावालीले बताए ।

कार्यक्रममा आर्दश बहुमुखी क्याम्पसका प्रमुख तिर्थराज दाहाल, आई एस ओ का अन्तराष्ट्रिय प्रतिनिधि शैलेन्द्र खरेल लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सहयोगि संस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कक्षा १२ की दिपा खड्काले राखेकी थिईन ।