ज्ञानकुञ्ज माविमा स्वागत तथा विदाई कार्यक्रम
बनेपा/ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले कक्षा १२ को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई विद्यार्थीहरुलाई औपचारिक स्वागत गरेको छ ।
कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्य, व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाले विद्यार्थीहरुलाई टिका, खादा, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बिच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गरेका थिए ।
विद्यालयका सहायक कलेज प्रमुख तथा सहायक प्रिन्सिपलले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक , सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्ने आशाका साथ शुभकामना व्यक्त गरेका थिए ।






