भुम्लु गाउँपालिका उपाध्यक्ष विरुद्धको लागुऔषध मुद्दामा आज सुनुवाई हुँदै

लागूऔषध कारोबारका आरोपी दावा लामा भनिने जितेन्द्रमान तामाङको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । यसअघि हेर्दा हेर्दैमा परेको मुद्धामा आज सुनुवाई हुन लागेको हो । कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उनको मुद्धाको सुनुवाई हुनेछ ।

उच्च अदालतबाट दोषी ठहर भइसकेपछि सर्वोच्चमा पुनरावेदन गरेर मुद्दा ‘विचाराधीन रहेको’ लुपहोल प्रयोग गरेर उनी यसबीचमा काभ्रेको भुम्लु गाउँपालिका उपाध्यक्ष निर्वाचित भइसकेका छन् । सर्वोच्च अदालतमा सुनुवाइ भएर उनी दोषी ठहर भए भने उनी गाउँपालिका उपाध्यक्षबाट बर्खास्त हुनेछन् । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका हुन् ।