राष्ट्रिय युवा संघ काभ्रे जिल्ला कमिटीका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण
राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीको पहिलो पूर्ण बैठक एवं ११ औं जिल्ला अधिबेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलको प्रमुख आतिथ्यता, संगठनका केन्द्रीय सदस्य एब आर्थिक बिभाग उप प्रमुख मिलन सागर लामाको विशेष आतिथ्यता, पार्टी बागमति प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, पार्टी प्रदेश कमिटी सदस्य रिता ढकाल, पार्टी जिल्ला कमिटी उपाध्यक्ष देब सागर लामा, पार्टी जिल्ला कमिटी सदस्य एवं जनवर्गिय संगठन प्रमुख प्रमुख प्रकाश रोक्का, पार्टी जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ इन्चार्ज ईश्वर बल्लब सापकोटाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष राजन भुर्तेलले राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीको ११ औं जिल्ला अधिवेशन विधि र विधान अनुरूप सम्पूर्ण अधिवेशनको प्रक्रिया पूरा गरी वैधानिक तवरले सम्पन्न भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उपाध्यक्ष एवं अध्यक्ष मण्डलको अध्यक्ष देवसागर लामाले राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीको एघारौँ जिल्ला अधिवेशनको सन्दर्भमा सामाजिक सञ्जालमा जुन प्रकारको भ्रामक कुरा फैलाइएको र उक्त विषयमा आफ्नो धारणा बनाएर नहिड्न युवाहरूलाई अनुरोध गरे ।
नवनिर्वाचित अध्यक्ष सीबी तामाङले राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीको ११औं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गर्न सहयोग सम्पूर्णलाई धन्यवाद दिँदै संगठनको केन्द्र र प्रदेश कमिटी पार्टी जिल्ला कमिटीसँग समन्वय र सहकार्य गरी र राष्ट्रिय नेपाल काभ्रे जिल्ला कमिटीलाई एक ढिक्का बनाई आफ्नो अभियानहरू मार्फत कार्य गरी देशकै उत्कृष्ट संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा पार्टी प्रदेश कमिटी सदस्य रिता ढकाल, पार्टी जिल्ला कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्र प्रमुख प्रकाश रोक्का, संगठनका केन्द्रीय सदस्य एवं आर्थिक विभाग उपप्रमुख मिलन सागर लामा, संगठनका निवर्तमान अध्यक्ष एवं पार्टीको तर्फबाट इन्चार्ज ईश्वर बल्लभसापकोटा लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । बैठक संगठनका सचिव अमन धितालले सञ्चालन गरेका थिए भने बैठकमा स्वागत मन्तव्य उपाध्यक्ष रमेश बुढाथोकीले राखेका थिए ।






