सिद्धार्थ कलेजले गर्‍यो कक्षा १२ उतिर्ण विद्यार्थीलाई सम्मान

by | भदौ १, २०८२

सिद्धार्थ कलेजले गर्‍यो कक्षा १२ उतिर्ण विद्यार्थीलाई सम्मान

बनेपा/ बनेपा सिदार्थ कलेजले कक्षा १२ मा उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
कलेजका सञ्चालक समितिका अध्यक्ष ज्ञान बहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा कलेजका निर्देशक केशब श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा विज्ञान संकाय तर्फ कलेज टप गर्ने सृया खतिवडा र ब्यबस्थापन विषयमा कलेज टप गर्ने स्वरुप तिमल्सिना लगाएत उतिर्ण सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा कलेजका संस्थापक क्याम्पस प्रमुख पुकार कर्णजित, सहायक क्याम्पस प्रमुख कुमार मानन्धर, सेन्टलम एल्बम एकेडेमीका प्राचार्य अग्नी ज्ञावाली, शिक्षा सदन माविका प्राधानाध्यापक लक्ष्मण दाहाल, चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयका प्राधानाध्यपक श्याम प्रसाद पाण्डेय, सिदार्थ स्कुलका प्राचार्य गुन्जप्रसाद लुईटेल, अभिभावक रामचन्द्र भट्टराई लगाएतले विद्यार्थीहरु बधाई दिदै अवको यात्रा उज्जवल रहनु पर्ने बताएका थिए ।

कक्षा १२ सकेपछि थप जिम्बेवारी प्राप्त गरेकाले सहि विचार र अनुशासित जिवन जिउन आग्रह गरेका थिए । नेपालकै शिक्षा राम्रो र उत्कृष्ट भएकाले नेपालमै रहन र यदि बाहिर जानै परे कुनै शिप सिकेर मात्रै जान अतिथीहरुले आग्रह गरेका थिए । कार्यक्रममा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।