प्रधानमन्त्रीद्वारा सापकोटा परिवारमा समवेदना व्यक्त, छोरीहरुले गरेको साहसको प्रशंसा

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले हरिप्रसाद सापकोटाको मृत्युु भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सापकोटा परिवारमा परेको शोकको घडीमा दुख व्यक्त गर्न टेलिफोन गरेका प्रधानमन्त्री ओलीले छोरीहरुले गरेको सहास र सामाजिक चेतना तथा परिवर्तनको कामको प्रशंसा गरेका छन् ।

नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाको नम्बरमा फोन गरेर बाबुको काजक्रियामा बस्नुभएका बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा, बौद्धिक परिषद काभ्रेका कोषाध्यक्ष निर्मला सापकोटा र नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले समाज परिवर्तनका लागि गरेको स सचेतनाको प्रशंसा गरेका छन् ।

वि.सं. १९९३ असोज ३ गते जन्मनु भएका हरि प्रसाद सापकोटा काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर १ (तत्कालिन रयाले गाविस) का अगुवा तथा सेल्टरदाताको रुपमा अविचलित रहेका थिए । २०५३ सालमा श्रीमतिको मृत्युभएपछि गाउँबासीले हरि प्रसादलाई छोरा नभएको भनेर गरेको हेलाँ दुरव्यवहार विरुद्ध छोरीहरुलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बाबु दुबैको कर्तव्य निभाउँदै आएका थिए । हरिप्रसाद सापकोटाको २०८२ साउन २५ गते निधन भएको थियो ।