अस्फाल्ट प्लान्टबारे गोकुल बास्कोटाः विकल्प खोज्न आग्रह, जनतामाथि बल प्रयोग नगर्न चेतावनी

पुर्वमन्त्री एवं काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद गोकुल बास्कोटाले पाँचखालमा निर्माण गर्न लागिएको अस्फाल्ट ब्याचिङ प्लान्टको विकल्प खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै बास्कोटाले जनतामाथी अनावश्यक बल प्रयोग नगर्न समेत चेतावनी दिएका छन् । केही दिन यता पाचखाल नगरपालिका ७ र ८ नं वडाका जनता अलकत्रा सम्बन्धी समग्री उत्पादन उद्योगले जनस्वास्थ्यमा पार्न सक्ने गम्भिर नकारात्मक प्रभावको बिषयमा आन्दोलित रहेको भन्दै बास्कोटाले जसलाई आफुले पनि चासोपुर्चक हेरिरहेको बताए ।

नगरपालिका प्रशासन, नेपाल सरकारका सम्बन्धित निकाय,बिभाग र मन्त्रालय तथा जिल्ला प्रशासन कार्यलयलाई उक्त उद्योग स्थापना प्रक्रियाको कानुनी पाटो मात्र नहेरी त्यस्ले जनस्वास्थ्य र स्थानीय जनताको नियमित कृषि उत्पादनमा पार्न सक्ने नकारात्मक प्रभावको प्रामाणिक परिक्षण गरि सार्वजनिक गर्न समेत उनले माग गरेका छन् । जनताको अन्तिम सुझाव प्रतिकृया नलिईकन बलजफ्ती उद्योग स्थापना प्रकृया अघि नबढाउन उनको चेतावनी छ । उपयुक्त सथानमा स्थानान्तर गर्ने बिकल्प सोच्न आग्रह गर्दै पुर्वमनत्री बास्कोटाले जनतामाथि अनावश्यक बल प्रयोग नगर्न गम्भिर ध्यानाकर्षण गराएका छन् ।