महिला वडा मञ्च बनेपा ६ को तीज विशेष कार्यक्रम

by | भदौ ४, २०८२

महिला वडा मञ्च बनेपा ६ को तीज विशेष कार्यक्रम

बनेपा/महिला वडा मञ्च बनेपा ६ को आयोजनामा हरितालिका तीज २०८२ तथा विशेष सांस्कृतिक कार्यक्रम बनेपामा आयोजना गरिएको छ । अध्यक्ष मञ्जु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लम्सालले तीज कार्यक्रमले महिलाहरुको सचेतना तथा सकारात्मक भावलाई संगठित गर्ने बताए । कार्यक्रममा महिला नेतृहरु पासाङ डोल्मा, यशु लामा, युवा संघका केन्द्रीय महासचिव भेषराज शाह, प्राध्यापक भोला केसी, अग्रज शम्भु न्यौपाने, बाल विशेषज्ञ डाक्टर अरुण गुप्ता, नेपाल पत्रकार महासंघ काभ्रे शाखा पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायत विभिन्न संघ सस्थाका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष अनिता लुईटेलले स्वागत मन्तब्य राखेकी थिईन् भने सचिव नविना परियारले कार्यक्रम संचालन गरेकी थिईन् । कार्यक्रममा वडा नम्वर ६ का अधिकांश महिलाहरुको सहभागिता रहेको थियो । हरेक वर्ष महिला वडा मञ्चले तीज लगायतका सामाजिक अभियानका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । अध्यक्ष मञ्जु थापाले महिलाहरुको शशक्तिकरणमा तीज विशेष हुने बताईन् ।