विद्यालय बन्द गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको भन्दै निजी विद्यालय सञ्चालकहरुको प्रदर्शन

सरकारले संघीय शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागेको भन्दै प्रदर्शन भएको छ।

बिहीबार प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले निजी विद्यालय बन्द गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको भन्दै प्रदर्शन गरेको हो।

काठमाडौंको माइतीघरबाट निस्केको विरोध र्‍याली बबरमहल हुँदै नयाँ बानेश्वर गएको छ।