पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटनमा

पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

एमालेले पार्टीमा फर्किन निषेध गरेपछि विद्यालय ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को यही कार्यालयमार्फत् राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् ।

उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

पेशागत महासंघका अध्यक्ष पुन्य ढकाल, संविधानसभा सदस्य विकास लम्साल, कृष्णप्रसाद दाहाल, स्थायी कमिटी सदस्य कर्ण थापा, विद्यार्थी र युवा नेता प्रकाश पौडेल र सुमन पुरी, बागमतीका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पूर्वमन्त्री एवं केन्द्रीय सल्लाहकार युवराज कार्की, केन्द्रीय सदस्य बाबुराम थापा, काठमाडौंका पूर्वउपमेयर विदुर मैनाली, प्रतिनिधिसभा सदस्य सरिता न्यौपानेलगायत देखिएका छन् ।