बेथानचोक २ मा रेडक्रसले गर्‍यो शौचालय तथा हातधुने स्थान विद्यालयलाई हस्तान्तरण

ढुंखर्क÷नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको समन्वयमा रेडक्रस सोसाईटि काभ्रे शाखाको सञ्चालनमा बाढी पहिरो पुनर्लाभ कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिकाको वडा नं २ र ४ मा शौचालय र खानेपानी योजना पुनर्निर्माण गरेको छ ।

बेथान्चोक गाँउपालिका वडा नम्बर २ मा रहेको बालहित आधारभुत विद्यालय र जयराम आधारभुत विद्यालय, वडा नम्बर ४ मा रहेको गणेश आधारभुत विद्यालयमा शौचालय तथा हात धुने स्थान निर्माण कार्य सम्पन्न भएको छ । निमार्ण सम्पन्न पश्चात नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति देवेन्द्र भैलले बेथान्चोक गाँउपालिका अध्यक्ष भगवान अधीकारीलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा पालिका अध्यक्ष भगवान अधिकारीले विपत परेको समयमा रेडक्रस सारथीका रुपमा रहेको बताए । पालिका एक्लैले मात्र पुननिमार्णको काम गर्न नसक्ने भएकाले सहयोगी सघं सस्था, प्रदेश र संघिय सरकारको सहयोगमा वेथान्चोक गाँउपालिकालाई पुन निमार्णको काम गरिरहेको अधिकारीले बताए ।

अधिकारीले रेडक्रसले बेथान्चोक गाँउपालिकाको २ र ४ मा खानेपानी तथा विद्यालयमा शौचालय तथा हातधुने स्थान निमार्ण गर्ने प्रतिबद्धता गरेकाले पालिकाले स्वीकृत गरेको र समयमा काम सम्पन्न भएको बताए । रेडक्रसका सभापति देवेन्द्र भैलले खानेपानी योजना वडा नम्बर २ को कामीखोरीयामा २९ घर र मुखीया टोलमा १४ घरलाई १ घर १ धारा वितरण अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर ४ मा ७ वटा खानेपानी योजना मर्मत तथा पुननिर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको बताए । त्यसै गरी सभापति भैलले वडा नम्बर १ को झिगेंमा ६० लाखको खानेपानि योजनाको काम अगाडी बढेको बताए । रेडक्रसले जिविको पार्जन कार्यक्रम अन्र्तगत ९५ अति विपन्न घर परिवार छनौट गरी ब्यसाय प्रर्वद्धनका लागी प्रति परिवार ४० हजार रकम हस्तान्तरण गरेको बताए । भैलले भने रेडक्रस भनेकै आपत विपतको साथी भएकाले सबै पक्षले सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रमा बेथान्चोक गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिना, वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोतम तिमल्सिना, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका कोषाध्यक्ष प्रेम बहादुर तामाङ, जयराम आधारभुत विद्यालयका प्रधानाध्यापक रमेश केसी, बालहित आधारभुत विद्यालयका प्रधानाध्यापक हुद्धराज तिमल्सिना, ब्यबस्थापन समितिका अध्यक्ष नवराज केसी लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खानेपानी योजनामा रेडक्रस सोसाईटीको ४९ लाख ७८ हजार र समुदाय बाट ४ लाख २९ हजार गरी ५४ लाख ७ हजार लागतमा पुननिमार्ण भएको र शौचालय र हात धुने स्थान विद्यालय सहित ११ लाखमा निमार्ण सम्पन्न भएको बताईएको थियो ।