बनेपामा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रद्वारा खुल्ला रक्तदान

बनेपा/विश्व बन्धुत्व दिवस अर्थात राजयोगिनी प्रकाशमणी दादीज्यूको १८ औ पुण्य तिथीको अवसर पारी ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, नेपाल समाज सेवा प्रभागको आयोजनामा देशभर एकै साथ खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । बनेपा केन्द्रले बनेपाको पार्टी भेन्युमा आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्ति तथा संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपाकी प्रमुख संचालक लक्ष्मी दिदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, बनेपा ९ कार्यवाहक अध्यक्ष मनिषा तामाङ, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति देवेन्द्रकुमार भैल, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र धुलिखेलकी प्रमुख संचालिका लक्ष्मी दिदी लगायतले रक्तदान, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले समुदायमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

रक्तदान कार्यक्रमलाई बनेपा पार्टी भेन्यु, शिर मेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखा, जेसीज, पतञ्जली योग समिति काभ्रे लगायतले सहयोग गरेका थिए । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र समुदायलाई सकारामत्मक सोचको विकासका लागि कृयाशिल रहँदै आएको छ ।