प्याब्सन काभ्रेद्वारा तीज विशेष नृत्य प्रतियोगिता, क्षितिज स्कुल प्रथम

बनेपा/नीजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) काभ्रेको आयोजनामा जिल्ला स्तरीय तीज नृत्य प्रतियोगिता आयोजना गरिएको छ । २६ समुहले प्रतिस्पर्धा गरेको तीज विशेष नृत्य प्रतियोगितालाई प्रगति प्रभात एकेडेमीले प्रायोजन गरेको थियो ।

प्रतियोगितामा सहभगि विद्यालयहरु मध्ये बनेपाको क्षितिज इङ्गलिस बोर्डिङ्ग स्कुल प्रथम भएको छ भने पनौतीमा रहेको काभ्रे ईङ्गसलिस सेकेन्डरी स्कुल दोश्रो र बनेपाको बेलर एकेडेमी तेश्रो भएको छ । पनौतीमा रहेको सिद्धार्थ बनस्थली इन्ष्टिच्युटले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्रगति प्रभात एकेडेमीमा आयोजना गरिएको कार्यक्रममा २ वटा समुह प्रतिस्पर्धामा थिएनन् । अध्यक्ष श्याम भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम प्रमुख अतिथी थिए । कार्यक्रममा प्याब्सनका पदाधिकारीहरु, विभिन्न तहका नेताहरु, सहभागि विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विद्यार्थीहरु सहभागि थिए ।

कार्यक्रममा प्याब्सन काभ्रेका सचिव विमल न्यौपानेको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्याब्सन काभ्रेका सदस्य एवं अतिरिक्त कृयाकलाप संयोजक चन्द्रप्रसाद ताजपुरियाको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिहरुले तीज पर्वले संस्कृति संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । सहभागि विद्यालय र विद्यार्थीहरुलाई प्रमाणपत्र र विजयी विद्यालय र विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम समापन प्याब्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले गरेका थिए ।