उपचारार्थ विरामी र अभिभावकहरुलाई सामाग्री दिदै मनाईयो अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रमा तीज विशेष कार्यक्रम
बनेपा/विकलाङ्ग समुह तथा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाले अस्पतालमा भर्ना भएर उपचार गराईरहेका विरामी र उनका अभिभावकहरुसँग तीज विशेष कार्यक्रम आयोजना गरेको छ । भर्ना भएका विरामीहरु नियमित लामो समयसम्म उपचार गराएर अस्पतालमा नै बसिरहनु पर्दा त्यो समयमा भएका चाडपर्वहरु मनाउने गरी अस्पतालले तीज विशेष कार्यक्रम मनाएको हो ।
तीज विशेष कार्यक्रम अन्र्तगत अस्पतालले विरामी बालिका र उनका अभिभावकहरुलाई चुरा, टिका लगायतका सामाग्रीहरु उपलब्ध गराईएको थियो । बालकहरुलाई मिठाई सहितका सामाग्री उपलब्ध गराईएको थियो । साथै सामुहिक भोजन गराईएको थियो । अस्पतालमा हाल ७४ जना बालबालिकाहरु उपचारार्थ छन् । कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रकाश यादव लगायतका अस्पतालमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । हरेक चाडपर्वहरुमा संस्कृति र परम्परा अनुसारका कार्यक्रम आयोजना गरिदै आएको तालिम, शिक्षा तथा रिसर्च विभाग प्रमुख सुमिता श्रेष्ठले बताईन् ।
तीज कार्यक्रममा बालबालिकाहरु र अभिभावहरु समेतको सहभागिताले बालबालिकाहरुमा आफु उपचारमा रहे पनि चाडपर्व जस्ता महत्वपूर्ण कार्यक्रममा पनि अस्पतालमा बसेर चाडपर्वबाट बञ्चित भएको महसुस गर्नु नपर्ने बाल संरक्षण तथा सूचना शाखा प्रमुख विनिता खड्काले बताईन् ।






