राजन कोईरालाको आठौ स्मृतिमा स्वास्थ्य शिबिर तथा श्रद्धाञ्जली शभा
धुलिखेल नगरपालिकाले स्व.राजन कोईरालाको स्मृतिमा पार्क निर्माण गरेको छ भने उनको अर्धकदको शालिक निर्माण गरेको छ । सोहि शालिकमा माल्र्यापण गरी नगर प्रमुख ब्याञ्जुले छोटो अवधी जनप्रतिनिधि भएर र जनप्रतिनिधि नहुँदा पनि नागरिकहरुको सेवामा खटिने कोईराको विकास निर्माण र योगदानको स्मरण गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले स्व.राजन कोईरालाका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।
२०२८ साल जेष्ठ ३१ गते तत्कालिन रविओपी गाविसमा जन्मिएका राजन कोईरालाको २०७५ भाद्र ९ गते निधन भएको थियो । उनको हत्या भएको स्थानीयहरुले बताए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । कोईरालाको स्मृतिमा वडा कार्यालयको समन्वयमा सृदिष्ट्री आईकेरको प्राविधिक सहयोगमा आँखा तथा सुप्रिम डेन्टलको प्राविधिक सहयोगमा दाँत परिक्षणको शिविर आयोजना गरेको थियो । शिविरमा ५ सय भन्दा धेरैले सेवा लिएका छन् । वडा कार्यालयले तथा प्रतिष्ठानले राजन कोईरालाको स्मृतिमा हरेक वर्ष विभिन्न कार्यक्रम एवं श्रद्धाञ्जली सभा गर्दै आएको छ ।






