लिपुलेकबारे ढुक्कले कुरा गर्ने र सल्टाउने दम प्रधानमन्त्री ओली बाहेक अरुमा छैनः बास्कोटा
सत्तारुढ नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालको लिम्पियाधुरा, लिपुलेक लगायतको भूभागबारे नेपाललाई मतलब नै नराख्ने नीति नेपालका कूटनीतिज्ञ र राजनीतिज्ञलाई पहिलेदेखि नै थाहा भएको बताएका छन्।
समाजिक सञ्जालमार्फत उनले भनेका छन, ‘लिम्पीयाधुरा लिपुलेकबारे भारत चीन दुबैको नेपाललाई मतलव नै नराख्ने नीति नेपालका नेता र कूटनीतिज्ञलाई जानकारी नभएको थिएन।’
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै देशतिर यात्रा गर्ने अवसर मिलेको भन्दै ढुक्कले कुरा राख्नुपर्ने र त्यस्तो आँट अहिलेका प्रधानमन्त्रीमा मात्रै रहेको उल्लेख गरेका छन्।
‘अहिले प्रमको दुईतिरकै यात्रा स्वर्ण मौका हो, ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरुमा छैन,’ बास्कोटाले लेखेका छन्, ‘मिचाहालाई एक इन्च मिच्न दिए, एक माइल मिच्छ भन्ने चिनीयाँ उखान छ।’






