सुनको मूल्य १ लाख ९९ हजार रुपैयाँ पुग्यो

काठमाडौँ – नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो।

आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो। यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ। 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार तोलामा २ हजार ३ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार ३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार ६१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १० रुपैयाँ ५० पैसा रहेको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको थियो।