बनेपा–११ मा बुहारीले गरिन् सासुको काजक्रिया
बनेपा÷समाजमा प्रचलित परम्परागत मान्यता तोडदै बुहारीले आफ्नी सासुको काजकिरिया गरेकी छन् । सधैं छोराछोरी वा नजिकका पुरुष सदस्यले गर्ने परम्परा बीच बुहारीले सासुको संस्कार गर्न लागेकी हुन् ।
स्थानीयहरूको भनाई अनुसार, परिवारमा पुरुष सदस्यको अभावका कारण मात्र नभई आफ्नो कर्तव्य र श्रद्धाका कारण बुहारी आफैंले विधिपूर्वक काजकिरिया गर्ने निर्णय गरेकी छिन् ।
धार्मिक गुरु तथा समाजसेवीहरूले पनि यसलाई सकारात्मक दृष्टिले लिँदै महिला अधिकार र समानताको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् । मृतक खत्रीको १ छारोको पहिला नै मृत्यु भएकाले उनकी बुहारी देवी खत्रीले आफ्नो सासुको क्रिया आफै गरेकी हुन् । बिस बर्षको उमेरमा पति गुमाएकी बनेपा ११ अधिकारी गाउँ कि देवी स्वास्थ्य स्वयंसेविका समेत रहेकी छन् ।
उनले आफु छोरा सरनै रहेकाले आफ्नो सासु आमाको काजक्रिया गरेको बताईन् । देवी खत्रीको १ छोरी रहेकी छिन, उनि अपाङ्ग अस्पतालमा नर्समा कार्यरत छिन् । समाज परिवर्तनमा महिलाले यस्ता संस्कारमा प्रत्यक्ष भूमिका खेल्नुपर्ने र यी कार्यले नयाँ सोच र प्रेरणा दिएको वडा अध्यक्ष शिव कुमार थापाले बताए ।






