कम्प्युटर नवप्रवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौं विश्वविद्यालयमा सम्पन्न

धुलिखेल/काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागले कम्प्युटर नवप्रवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन २०२५ सम्पन्न भएको छ ।

काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागले काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबसँगको सहकार्यमा कम्प्युटर नवप्रवर्तन सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको हो । उक्त सम्मेलनले विद्यार्थी, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई प्रविधिको भविष्य अन्वेषण गर्न र नेपालमा स्वदेशी अनुसन्धान संस्कृतिलाई प्रवद्र्धन गर्न एक गतिशील राष्ट्रिय प्लेटफर्मको रूपमा सहयोग पु¥याएको सहभागिले बताए । एक दिने सम्मेलनमा कम्प्युटर नवप्रर्वतनको भविष्यलाई आकार दिने अन्तर्दृष्टि, अनुसन्धान सफलता र व्यावहारिक अनुप्रयोगहरू साझा गर्न समर्पित रहेको निश्ष्कर्ष निकालिएको थियो । २२ अनुसन्धान पत्रहरू र एउटा पोस्टर सहित २३ पत्रहरूको प्रस्तुति प्रस्तुत गरिएको उक्त सम्मेलनमा कम्प्युटर विज्ञानमा महत्वपूर्ण विषयहरूको विस्तृत श्रृंखला समेटिएको थियो । जसमा एआई संचालित समाधानहरू, साइबर सुरक्षा, डिजिटल मानसिक स्वास्थ्य, मेसिन लर्निङ र नेपालमा सार्वजनिक सेवाहरूको मूल्याङ्कन समावेश थिए ।

सम्मेलनको उद्घाटन इन्जिनियरिङ स्कूलका डीन प्रोफेसर डा.मनीष पोखरेलले गरेका थिए । कार्यक्रममा प्रोफेसर डा.सुदन झाले रणनीतिक एआई : नेपालको सुरक्षित, सार्वभौम र दिगो डिजिटल अर्थतन्त्रको निर्माण विषयक प्रस्तुति राखेका थिए । चीनको एनयूएएका प्रोफेसर डा.विकास नकर्मीले बियोन्ड इन्टरफेरेन्स – एआई २ एक्सपीआर : एआई–सक्षम हस्तक्षेप–लचिलोपन नेक्स्ट जेनेरेसन फोटोनिक्स राडार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । जसले राडार सेन्सिङ प्रविधिलाई पुन : परिभाषित गर्न एआईको एकीकरणको अन्वेषण ग¥यो ।

सम्मेलन अध्यक्ष प्रोफेसर डा.बालकृष्ण बलले एनसीसीआई मार्फत अन्तरविषय संवादलाई प्रवद्र्धन गर्ने, युवा प्रतिभालाई हुर्काउने र स्वतन्त्र र सहकार्यमा विचारहरू आदानप्रदान गर्न सकिने मञ्च प्रदान गर्ने परिकल्पना गरेको बताए । प्रोफेसर डा.गजेन्द्र शर्माले प्रकाशन अध्यक्षको रूपमा काम गरेका थिए । कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा. पंकजराज दवाडीले सम्मेलनको संयोजकको रूपमा नेतृत्व गरेका थिए ।